सिङगटी जलविद्युत् आयोजनाको वितीय व्यवस्थापन पूरा

singatiकाठमाडौ, साउन २४ ।  दोलखा जिल्लाको सिङ्गटी खोलामा निर्माण हुने  सिङ्गटी जलविद्युत् आयोजनाको निर्माण कार्य असोजदेखि शुरु हुने भएको छ । ‘आयोजना निर्माणको पुर्वतयारीको काम ९८ प्रतिशत पूरा भइसकेकाले  असोजदेखि निर्माण शुरु गर्न लागिएको हो,’ आयोजना प्रबद्र्धक कम्पनी, सिङ्गटी हाइड्रो इनर्जी कम्पनीका महाप्रबन्धक रमेश अधिकारीले भने ।

१६ मेगावट क्षमताको उक्त आयोजनामा नौ ओटा बैंकले सहवित्तीयकरण कर्जा लगानीको सम्झौता गरेपछि वित्तीय  व्यवस्थापन पूरा भएको हो । कुल २ सय ९ करोड रुपैयाँ लागत रहेको उक्त आयोजनाका लागि बैङ्कहरुले १ सय ९५ करोड रुपैयाँ कर्जा उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् । ‘बाँकी ९४ करोड रुपैयाँ प्रबद्र्धकको रहनेछ,’ अधिकारीले भने ।

आयोजनालाई कर्जा प्रवाह गर्न प्रतिबद्धता गर्ने बैंकहरुमा सिभिल बैङ्क, सेन्चुरी कमर्सियल बैङ्क, प्रभ बैङ्क, बिजनेश युनिभर्सल डेभलपमेण्ट बैङ्क, टुरिजम डेभलपमेण्ट बैङ्क, भिबोर विकास बैङ्क, यती विकास बैङ्क, काष्ठमण्डप डेभलपमेण्ट बैङ्क र त्रिवेणी विकास बैङ्क रहेका छन् । तीमध्ये सिभिल बैङ्कको नेतृत्व रहने र सेञ्चुरी कमर्शियल बैङ्क ‘को–लिड’ रहनेछ ।